सुन्दरहरैचामा हेमन्त शर्मा सुमधुर पलेटी साँझ सम्पन्न


सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिकामा ” नझरेका फुलहरू हेमन्त शर्मा सुमधुर पलेटी साँझ ” मङ्गलवार सम्पन्न भएको छ ।

सुन्दरहरैचा उद्योग बाणिज्यसंघको सभाहलमा भएको पलेटी साँझमा हेमेन्त शर्माको प्रस्तुतिले उपस्थित दर्शकहरू रातको अबेर सम्म सङ्गीतमा नै झुमिरहेका थिए । गायक शर्माले “माया साह्रै महाङगो”, “मूल है भने”, “मायालु”, “जाले रुमाल”, लगायत बोलका गीत गाएर सबैलाई नचाएका थिए ।
कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर तारा पराजुली, मीनकुमार नवोदित श्रेष्ठले कविता प्रस्तुत गरेका थिए भने स्थानीय गायिका यमुना पराजुलीले गीत प्रस्तुत गरिन ।

लोकप्रिय लोकगायक कलाकार तथा प्रमुख अतिथि एल.पी जोशीले रिटिङ “रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो” बोलको गीत गाउँदा हलमा उपस्थित दर्शकहरू कोही पनि ननाची बस्न सकेनन् ।

नझरेका फुलहरू हेमन्त शर्मा सुमधुर पलेटी साँझ के.पी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्