भारतबाट आएकाहरूलाई क्वारेनटिनमा लग्ने क्रममा टिपर कर्णाली नदीमा खस्यो


काठमाडौं, २८ जेठ । भारतबाट आएकाहरूलाई कालिकोट क्वारेनटिनमा लग्ने क्रममा टिपर कर्णाली नदीमा खसेको छ ।

बुधवार बिहान नरहरिनाथ गाउँपालिका १ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार टिपरमा ३९ जना यात्रु थिए । ६ जनाको उद्धार गरिएको छ भने उपचारका लागि जिल्ला अस्पताल कालिकोट लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ६ जना दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्