हात–खुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा ललितपुरमा एक पुरुषको हत्या


ललितपुर, २८ जेठ । हात–खुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा ललितपुरमा एक पुरुषको शव फेला परेको छ । आज (बुधवार) ललितपुरको बाँडेगाउँमा भाडामा बस्दै आएका सोही ठाउँमा ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको अवस्थामा बिहान शव फेला परेको हो ।

‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले र किन ग¥यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’

मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाए लगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।
यसअघि मङ्गलवार रुपन्देहीको तिलोतमा नगरपालिकामा ५ जनाको सामूहिक हत्या भएको थियो । हत्यामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्