बेलबारीको लोहोन्द्रामा भेटिएको मानव कंकालको पहिचान खुल्यो


बेलबारी, २३ जेठ । मोरङको बेलबारी–१ गाईघाट स्थित लोहन्द्रा खोलाको बगरमा फेला परेको कंकालको पहिचान खुलेको छ । जेठ २१ गते लोहन्द्रा खोलाको पश्चिम पट्टीको डिलमा रहेको पट्टेको घारीमा फेला परेको मानव कंकालको पहिचान खुलेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले उक्त शव केराबारी गाउँपालिका वाड नं. ९ बस्ने वर्ष १५ को सुरेन्द्र मगरको भएको जनाएको छ । जेठ ७ गते देखी हराएको मगरको कंकालसंगै रहेको निलो रङको जिन्सको पाइन्ट, सेतो धर्को भेष्ट, लामो कपालबाट पहिचान भएको प्रहरीले बताएको छ ।

उक्त कंकाल पोस्टमार्टमको लागि वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी पठाइएको थियो । मगरको शव उनको परिवारलाई बुझाई सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्