बेलबारी ६ मा मकै जोन कार्यक्रम प्रभावकारी बन्यो


उत्तम पोख्रेल – बेलबारी, २३ जेठ । मोरङको बेलबारी नगरपालिकाले वडा नम्बर ६ मा मकै जोन कार्यक्रम प्रभावकारी बनाएको छ । पहिले गरिँदै आएको मकैखेती र अहिले वडाले गरेकोमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको स्थानीय स्थानीय कृषक पूर्ण बहादुर राईले बताए ।

नगरपालिकाले एक वडा, एक उत्पादनको अवधारणा अनुसार कृषिमा आत्मनिर्भर बनाउन सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थाले सँगै सो वडालाई मकै जोन घोषणा गरिएको थियो । वडाका सबै कृषकहरू लाभान्वित हुने गरी १२ बिगाहा जमिनमा सामूहिक खेती गरेका किसानहरूले मनग्य आमदानि समेत गरेका छन् । बडाले टोल विकास संस्थासँग मार्फ कृषकलाई सामूहिक खेती गर्न सिकाएको थियो ।

मकै जोन कार्यक्रम अन्तर्गत कृषकलाई प्राविधिक ज्ञान तथा एक टोल विकास संस्थालाई नगद ५० हजार रुपैयाँ सहयोग गरिएको वडा अध्यक्ष उदय बहादुर राईले बताए ।
बेलबारी नगरपालिकाका कृषि प्राविधिकहरूले कृषकलाई मकै खेती सम्बन्धी प्राविधिक ज्ञान तथा तालिम समेत दिएका थिए ।

६ दिन सम्म मकै लगाउने, गोड्ने, सिँचाई मल तथा रोगहरू सम्बन्धी तालिम दिएर मात्रै कृषकलाई खेतिगर्न लगाएको वडा कार्यालयले जनाएको छ । उक्त कार्यक्रमबाट ९ सय भन्दा बढी कृषक लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्