स्वास्थ्य मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री पठाए


उत्तम पोख्रेल – बेलबारी, २० जेठ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्रीहरू पठाएका छन् । मोरङ क्षेत्र नम्बर ३ का ४ वटा स्थानीयमा कोरोना रोग रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पठाएका हुन ।

सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा ढकालले स्वास्थ्य सामाग्री पठाएका हुन । -यापिट टेस्टकिट, थर्मलगन, पिपिई,सेनिटाइजर, क्याप,सर्जीकल तथा एन नाइन्टी फाएप) मास्क, पन्जा, चस्मा लगायतका सामाग्रीहरू मङ्गलवार मन्त्रालयका टोलीले बुझाएका छन् ।

मन्त्रालयले पठाएको सामाग्रीले केही राहत मिल्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । मन्त्री ढकालले यस अघि पनि स्वास्थ्य सामाग्री आफ्नो निर्वाचन क्षेत्रमा पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्