बेलबारी ७ मा सशस्त्र बेशक्याम भवनको उद्घाटन : १३ वर्ष पछि पाए सशस्त्र प्रहरीले आफ्नै भवन


बेलबारी, जेठ २० । सशस्त्र प्रहरी बल बेलबारी ७ बाहुनीको भवन निर्माण कार्य सम्पन्नसँगै सोमबार उद्घाटन भएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सोमबार सशस्त्र प्रहरी बल बेलबारी ७ बाहुनीको नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।

नयाँ भवन उद्घाटनसँगै स्थापना भएको १३ वर्ष पछि सशस्त्र बेशक्याम बाहुनीले आफ्नै भवन पाएको छ । २०६३ साल चैत्र २९ गते तत्कालीन बाहुनी गाविस हाल बेलबारी नगरपालिका वडा नम्बर ७ मा स्थापना भएको सशस्त्र बेशक्यामले सुनसरी मोरङ सिँचाई आयोजनाको भवन वाट सेवा दिइरहेको थियो ।

पटक पटकको भुक्पले भत्कीर जीर्ण बनेका भवहरूबाट सेवा दिँदै आएको सशस्त्रले आइतबारबाट भने आफ्नै भवन पाएको छ । सशस्त्रले ५ वटा नयाँ भवन पाएको हो । २ करोड ६० लाख मूल्यमा बनेका उक्त भवनहरूको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र शस्त्र प्रहरी बल प्रदेश १ प्रमुख डिआइजी नगेन्द्र बहादुर थापाले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले शुरक्षाकर्मी आफै सुरक्षित भए मात्रै अरूलाई शुरक्षादिन सक्ने भएकोले नगरपालिकाले सहयोग गरेको बताए । भवनमा अपुग भएका सामाग्रीहरूका लागि नगरपालिकाले अझै सहयोग गर्ने समेत उनले बताए । डिआइजी थापाले शान्ति सुरक्षालाई अब्बल बनाउन मातहतका कर्मचारीहरूलाई निर्देशन दिए ।

बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, सांसद विकास कोष, बुद्धएयर तथा स्थानीय बासिन्दाको आर्थिक सहयोग र श्रमदानमा उक्त भवनहरू निर्माण भएका हुन । बेशपति, पाहुना घर, जवान मेस, स्टोर, जवान शौचालय स्नानगृह, हावामहल, जवान ब्यारेक, प्रमुख गेट, कम्पाउन्ड वाल बनाएको छ ।

चोरी, डकैती, लुटपाट, चन्दा आतक बल्तकार मानव बेचबिखन जस्ता अराजक गतिविधिहरू बढेपछि स्थानीय बासिन्दाले सप्ताहापुराण लगाएर केही आर्थिक सङ्कलन गरेर जग्गा खरिद गरेपछि बेशक्यामको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्