बेलबारीमा बरामद ७५० लि. घरेलु मदिरा र २५० के.जी मर्चा प्रहरीले नष्ट गरे


बेलबारी, १९ जेठ । इलाका प्रहरी कार्यालय बेलबारीले ७ सय ५० लिटर घरेलु मदिरा र २ सय २० किलो मर्चा बरामद गरेको छ । प्रहरीका अनुसार बेलबारीको वाड नं. ४ स्थित यलम्बर चौकमा फेला पारेको हो ।

मदिरा यलम्बरचौक स्थित पुल छेउमा लुकाएको अवस्थामा र मर्चा साइकलमा विराटनगर तर्फ लगिरहेको बेला बरामद गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले जनाएका छन् । प्रहरी उक्त मदिरा र मर्चालाई नष्ट गरेका छन् ।

निरीक्षक ढकालका अनुसार मोरङका विभिन्न स्थानबाट भित्री सडकको प्रयोग गरेर भारतको जोगवनि सम्म रक्सी ओसारपसार भइरहेको छ । रक्सी बनाउन प्रयोग गरिने मर्चा पनि विक्रीको लागि विराटनगर तथा भारतसम्म लगेको हुनसक्ने ढकालले बताए ।

लकडाउनकै सयमा अवैध घरेलुमदिरा ओसार पसार गर्ने वाट ४ लाख बढी राजश्व समेत सङ्कलन भएको ढकालले जनाएका छन् । अवैधरुपमा घरेलु मदिरा ओसारपसार नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय बेलबारीले थप कडाइ गरिरहेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्