बेलबारी नगरपालिकाले वैकल्पिक विधिबाट पठनपाठन गराउने तयारी गर्दै


बेलबारी, १८ जेठ / बेलबारी नगरपालिकाले लकडाउनको समयमा विद्यार्थीको पठनपाठन वैकल्पिक विधिबाट अगाडि बढाउन सरकारवालाहरूसँग छलफल गरेको छ । आइतबार शिक्षा समिति, निजी तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु सँग छलफल गरेको छ ।

भर्चुअल कक्षा, रेडियो कक्षा, स्कुल इनहोम, अफलाइन कक्षा सञ्चालन गर्न छलफल भएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताएका छन् । एकिकृतरुपमा नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयका बिद्यार्थीहरुलाई हुने गरी पठन पाठन गराइने मेयर सुवेदीले बताए ।

भर्चुअल कक्षाले इन्टरनेटको पहुँच पुगेका बिद्यार्थीहरुलाई सहज बनाउने छ भने रेडियो कक्षाले सबै विद्यार्थीलाई सहयोग पुर्‍याउने बेलबारी नगरपालिकाका शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालाले बताए । इस्कुलइन होम अन्तरगत विद्यार्थीको घर घरमा पुगेर विषयगत शिक्षकले पठन पाठन गराउने छन् उनले भने होमवर्क समेत बिद्यार्थीहरुलाई दिने छन् । कोइरालाका अनुसार अफलाइन कक्षा अन्तरगत पाठ्य पुस्तक भन्दा अन्य पाठ्य सामाग्रीहरू बिद्यार्थीहरुलाई उपलब्ध गराइने छ ।

पेन्ड्राई तथा म्यामरी कार्ड मार्फत पाठ्य सामाग्रीहरू घर घरमा पुर्‍याएर समेत पठन पाठन गर्न सकिने समेत छलफलमा सहभागीहरूले बताएका छन् । लकडाउनको अवधिमा अभिभावकलाई भने कुनै आर्थिक मार नपार्न यसअघिकै नगरपालिकाले परिपत्र गरिसेकेको छ ।

प्रतिक्रिया दिनुहोस्