कानेपोखरीको ग्रामीण सुधार वनको एक करोड बराबरको काठ घाटगद्दीमै कुहिने अवस्थामा


मोरङ, पथरी । मोरङ कानेपोखरी गाउँपालिका–७, स्थित ग्रामीण सुधार सामुदायिक वनको एक करोड बराबरको काठ घाटगद्दीमै कुहिन लागेको छ ।

मोरङ कानेपोखरी गाउँपालिका–७, स्थित ग्रामीण सुधार सामुदायिक वन समूहले शनिवार पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेर गलत सूचना आधारमा उजुरी परे पछि करिब तीन वर्ष अघिदेखि काठ उपभोक्तालाई वितरण गर्न नपाउँदा काठ घाटगद्दीमै कुहिन लागेको जानकारी गराएको हो ।

२१ लाख रुपैयाँको ‘फर्जी बिल’ मिलाएको भन्दै डिभिजन वन कार्यालय मोरङमा ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र नम्बर ३ को संयोजक शेरबहादुर लिम्बुले संस्थाको लेटर प्याडमा उजुरी गरेको कारण काठ कुहिने अवस्थामा पुग्न लागेको समूहका अध्यक्ष नवीन राईले बताएका छन् ।

अघिल्लो कार्यकालको पनि नवीन राईकै नेतृत्वमा रहेको समूह २०७६ असोज १० गते भएको १९ औँ साधारण सभाबाट पनि उनी नै अध्यक्षमा निर्वाचित भएका हुन । ग्रामीण सुधारमा मूलको मातहतमा ३ वटा क्षेत्रीय समिति र ८ वटा वडा समिति रहेको छ ।

लेखा समिति संयोजक बिजयगोपाल गड्तौलाका अनुसार वनमा काम गर्ने मजदुर तथा काम गराउँदा उपभोक्तामा भएको खर्च करिब २१ लख ऋण रहेको जनाएका छन् । मूल र क्षेत्रीय समितिको साधरण सभा तथा विभिन्न सभाहरूको खर्च पनि सोही २१ लख भित्रनै रहेको बताएका छन् । पुरानो समितिले सम्पूर्ण हिसाब तरिनुपर्ने दायित्वमा राखिएको संयोजक गड्तौलाले बताए ।

फर्जी विल भएको नभएको बारे खोजी गरी छलफलबाट प्रस्ट हुन अनुरोध गर्दा पनि ३ नम्बर क्षेत्रीय अध्यक्ष शेरबहादुर लिम्बूको उजुरी गरेको र सोही कारण उपभोक्तालाई काठ वितरण गर्न नसकिरहेको मूल समूहको पूर्व उपाध्यक्ष तथा वर्तमान सदस्य कृष्ण थामिले बताए ।

मोरङ जिल्लामै सबभन्दा ठुलो वन ग्रामीण सुधारको ८३९.२२ हेक्टर क्षेत्रफल रहेको यस वनका क, ख र ग वर्ग गरी ६ हजार उपभोक्ता रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ३२ हजार कि बि साललगायतको काठ काटेर घाटगद्दीमा राखिएकोमा करिब ११ हजार उपभोक्तालाई वितरण भएसँगै किचलो सुरु भयो हो । अहिले करिब २१ हजार कि बि काठ लामो समयदेखि घाटगद्दीमै रहेको छ ।

प्रेस विज्ञप्तिमा अध्यक्ष नवीन राई, सचिव शान्ता माझी, कोषाध्यक्ष देवेन्द्र थापा, लेखा समिति संयोजक बिजयगोपाल गड्तौला, १ नम्बर क्षेत्रीय समिति संयोजक केदार राई, २ को दीपक लिम्बू, ३ नम्बर क्षेत्रको सहसंयोजक जितबहादुर राईको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्