व्यापारी भन्छन् ‘कुटाई खाइयो’ : मेयर ‘त्यस्तो केही भएको होइन’ भन्छन्


विजय धिमाल – उर्लाबारी, १७ जेठ । मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाको सिमाना सुनझोडा पुल स्थित चेकपोस्टमा गत जेठ १५ गते उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागोद्वारा निर्ममता र्पुवक लाठीचार्ज भएको छ ।

इनरुवा देखि चाराली तर्फ सागसब्जी लैजाने क्रममा करिब रातको ११ः३० बजे बा १५ च ७३५२ नम्बरका चालक शंखर चौधरी र उनका दाइ पवन चौधरीलाई गाडी रोकी कुटपिट भएको हो । चौधरी दाजुभाइ उर्लाबारी नगरपालिका वडा नम्बर ७ का सब्जी व्यापारी हुन ।

पिडितद्वय भन्छन् “हामीलाई गाडीबाट उत्रिन लगाएर नमस्कार गरी परिचय दिँदादिँदै गाडी फर्का भन्दै हामी दुईलाईनै लाठीचार्ज भएको र कमजोर मान्छे भएको भए त्यही मर्थे होला । ” सो घटना हुदैगर्दा उर्लाबारी उद्योग वाणिज्य सङ्घ उर्लाबारीका प्रतिनिधि, संचारकर्मीहरु, सुरक्षकर्मी पनि रहेको र मुख दर्शक भएको चौधरीले जानकारी दिए । सो बेला लाठीचार्ज गर्दा टाउको, पाखुरा, करङ, हात र खुट्टामा भएको नीलडाम देखाउँदै अझै सम्म दुखिरहेको समेत जानकारी दिए ।

यस घटनाको विषयमा उर्लाबारी नगरपालिकाका प्रमुखसँग फोन सम्पर्क गरी बुझ्दा, उनले भने “त्यस्तो केही भएको होइन, सामान्य भनाभन मात्र भएको रातीको समयमा मौकापरी लकडाउन उल्लंघन गरेको, मास्कको प्रयोग नगरिएको, दुईजनाको फरक–फरक भनाई भएकोले यसमै विवाद भएको अन्यथा केही होइन । एक जनाले उर्लाबारी भने र अर्कोले चाराली भनेका थिए । हामी दिनमा जसरी खटिरहेकाछौ, रातमा पनि उतिकै खटिरहेका छौ ।”

उर्लाबारीमा रहेको त्रिकाल परिवार नामक एक संस्थाले भने छलफल भइराख्दा नगर प्रमुख प्रति खेदपर्कट गर्दै घटनालाई घोरभर्सना गरेको छ । घटना पश्चात् उपचार र घटना भएको दुई दिन पछि जेठ १७ गते उर्लाबारी उद्योग वाणिज्य सङ्घको कार्यालयमा दुवै पक्ष बिच छलफल गरी आ–आफ्नो कमीकमजोरी स्वीकार गरी सहमतिमा दुवै पक्ष आएको, मिडियालाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्