बेलबारीको विभत्स आत्महत्या घटनाको भिडियो सार्वजनिक गर्नेलाई कारबाही हुने


बेलबारी, १७ जेठ । मोरङको बेलबारीमा एक युवकले आफ्नै घाटी रेटेर आत्महत्या गरेको भिडियो सार्वजनिक गर्ने र सेयर गर्नेलाई इलाका प्रहरी कार्यालय बेलबारीले कारबाही गर्ने भएको छ ।

सोही भिडियो सार्वजनिक गर्ने र सेयर गर्नेलाई कारबाही गर्ने इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको हो । बेलबारी ४ निवासी जीवन लिम्बु नाम गरेको एक युवाले बिहीबार बिहान निर्ममता पूर्वक ६१ वर्षकी आमा देवीमाया लिम्बुको हत्या गरी आफै आत्महत्या गरेका थिए । घरबाट उत्तर तर्फ करिब १ किलोमिटरको दुरीमा रहेको खड्ग बहादुर खड्काको घर अगाडी गएर ३१ वर्षीय जीवनले आफ्नो घाटी रेटेर आत्महत्या गरेका हुन ।

अहिले जीवनले घाटी रेटी आत्महत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा रक्तमय भएका जीवनले आफ्नो घाटीको भित्री भाग हातले तान्दै रेटेको देखिन्छ । उक्त भिडियो जो कोहीले हेर्न सक्ने अवस्थाको छैन । अझ कमजोर मनका र बालबालिकालाई त धेरै नकारात्मक असर पर्न सक्छ ।

उक्त विभत्स घटनाको सार्वजनिक भएको भिडियो हटाउन स्थानीयले आग्रह गरी रहेका छन् । बिहीबार बेलुका नै उक्त भिडियो सार्वजनिक भएको देखिन्छ तर कोले गरेको हो भन्ने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्