सुन्दरहरैंचामा कोभिड अस्पताल निर्माण गर्न पूर्वाञ्चल विश्व विद्यालयको अनुगमन


एलएन गच्छदार – मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई कोभिड अस्पताल निर्माण गर्नका लागि प्रदेश १ का विज्ञहरूको टोलिला शुक्रवार अनुगमन गरेका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय तथा स्थानीय निकायका प्रतिनिधि, चिकित्सक, पूर्वाञ्चल विश्वविद्यालयका मेडिकल डीन, निर्देशक, सिनेट सदस्य तथा नेपाली सेना टोलीको उपस्थिति रहेको थियो।

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयमा कोभिड अस्पताल सञ्चालन गर्नका लागि चर्चा चलेसँगै प्रदेश १ का विज्ञहरूको टोलिला अनुगमन गरेका छन् ।

तत्कालीन गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएको बखत ८०५ बिघा जग्गा क्षेत्रफलमा फैलिएको पूर्वाञ्चल बिश्वबिधालयलाई हस्तान्तरण गरी केन्द्रीय कार्यालय देखि लिएर मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालय स्थापना भएको थियो । निर्माण कार्य २०५५ सालदेखि नै सुरु भई ४० करोडको लगानीमा निकै ठुला भवन तथा भौतिक संरचना निर्माण भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय २०६५ सालदेखि देशमा भएको विभिद कारणले प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको थिएन । मेडिकल कलेजको उद्देश्य राखेर अस्पतालको सुरुवात गरियो । तर आजसम्म त्यो अस्पताल जस्ताको त्यस्तै छ भने केही प्राविधिक कर्मचारी सहित सञ्चालनमा छ ।

२०७० सालदेखि नर्सिङ कार्यक्रम सुरु भए पनि यसले पाउन सकेको मेडिकल कलेजको पूर्णता भने पाउन सकेको छैन । अहिले पूर्वाञ्चल बिश्वबिद्धालयमा प्रदेश १ स्तरीय क्वारेनटाइन निर्माण गर्ने उद्देश्यले प्रदेश सरकारको पहलमा सेनाले क्वारेनटाइन सञ्चालन गरिरहेको छ ।

ठुला ठुला भौतिक संरचना निर्माण भए सँगै क्वारेनटाइन देखि लिएर जस्तो सुकै अवस्थामा पनि बिरामीको चाप थेग्न सक्ने क्षमता भए पनि कार्यान्वयनमा आउन नसकेको र यसलाई कोभिड अस्पताल साथै मेडिकल कलेज सञ्चालन गर्न लागि अस्पताल निर्देशक डा. बिपेश आचार्यले विज्ञ टोलीलाई सुझाव दिएका छन् । कोभिड अस्पताल सञ्चालन गर्न आवश्यक साधन स्रोतका लागि प्रदेश सरकारले ध्यान केन्द्रित गर्न डा. आचार्य आग्रह गरेका छन् ।

स्कुल अफ हेल्थ साईन्सकी प्रमुख कविता अधिकारीले कोभिड अस्पताल सञ्चालनको गर्ने योजनाको प्रशंसा गर्दै प्रदेश सरकारले प्रभावकारी सञ्चालनको लागि ध्यान दिन पनि अनुरोध गरेकी छन् । उनीले अस्पताल टिम कत्तिबद्धरुपमा लाग्ने पनि प्रतिबद्धता गरिन ।

कोभिड अस्पताल निर्माण कार्यको लागि कोसी अस्पताल फिजिसियन तथा अनुगमन टोलीका विज्ञ डा. डेन प्रसाद आचार्यले यो क्षेत्र उपयुक्त रहेको सुझाव समेत दिनु भएको छ । भने यस विषयमा सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग शीघ्र पहल गर्ने बताएका छन् ।

नेपाली सेनाको तर्फबाट २ न. बाहिनीपति सहायक रथी यमप्रसाद ढकालले यहाँ क्वारेनटाइनमा रहेका बिरामीहरूलाई विराटनगर र धरान लानु भन्दा पूर्वाञ्चल विश्वविद्यालयमा कोभिड अस्पताल सञ्चालन गर्न समेत सुझाव दिएका छन् ।

विज्ञहरूको अगुमन टिमले शुक्रवार बैठक बसेर कोभिड अस्पताल निर्माणका लागि उपयुक्त रहेको र प्रदेश सरकारसँग छिटै पहल गर्ने र चाडै सञ्चालनमा ल्याउने निष्कर्षमा पुगेको पूर्वाञ्चल विश्वविद्यालयका मेडिकल डिन शैलेश मणि पोख्रेलले जनाएका छन् ।

कोरोनाको उच्च जोखिम बढेसँगै जसरी प्रदेश १ स्तरीय क्वारेनटाइन सञ्चालन भएको छ त्यसै गरी यहाँका सङ्क्रमित बिरामीलाई बाहिर रेफर नगरी कोभिड अस्पताल सञ्चालन गरी सबै किसिमको स्रोत साधन व्यवस्थापन गरी छिट्टै सञ्चालन गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्