नगरपालिकाको छड्के अनुगमनमा बेलबारी ९ को एक कृषि भन्डारलाई कारबाही


बेलबारी, १६ जेठ । बेलबारी नगरपालिकाले अनुगमनमा म्याद नाघेको सामाग्री विक्री गर्न राख्ने एक कृषि भन्डारलाई कारबाही गरेको छ ।

स्थानीयको गुनासोको आधारमा बेलबारी वाड नं. ९ मा बिहीबार छड्के अनुगमन गर्दा म्याद सकिएको सामाग्री फेला परे पछि दीपक कृषि भन्डार कारबाहीमा परेको हो ।

नगर उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वको इलाका प्रहरी कार्यालय बेलबारीका प्रतिनिधि सहितको अनुगमन टोलीले अनुगमनमा दीपक कृषि भन्डारमा फेला परेको म्याद नाघेको सामाग्री मुचुल्का उठाइ नास गरेका छन् ।

दीपक कृषि भन्डारमा म्याद नाघेको बिसादी फेला परे पछि कारबाही गरेको उपप्रमुख ढाका कुमारी पराजुलीले बताइन । कारण सहितको स्पष्टीकरण पेस गरी नगरपालिकासँगको समन्वयमा मात्र बिक्री खुल्ला गर्ने उपप्रमुख पराजुलीले बताएकी छन् ।

उनले भनिन, ‘अनुगमन निरन्तर गरिरहेको छौ । स्थानीयबाट गुनासो आए मात्र भए पनि छड्के अनुगमन गर्ने र मापदण्ड विपरीत पाए तत्काल कारबाही गर्ने छौ ।’ नगरवासीमा केही गुनासो भए नगरपालिकामा सम्पर्क गरेर जानकारी गराउने कार्यलाई पनि निरन्तर दिइरहन अनुरोध समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्