पश्चिम रुकुम घटना विरुद्ध विरोध प्रदर्शनी : दोषीलाई कारबाहीको माग


श्याम नेपाली हिमाल – बेलबारी, १५ जेठ । पश्चिम रुकुम घटना विरुद्ध देशव्यापी विरोध प्रदर्शनी भइरहेको बेला सुन्दरहरैचामा पनि दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको आयोजनामा कार्यक्रम भएको छ ।

बिहीबार विरोध प्रदर्शनीमा -याली गर्दै विराटचौक परिक्रमा गरेर कोणसभा गरेका थिए । कोणसभामा सुन्दरहरैचामा पनि दलित उत्थान समन्वय समिति सुन्दरहरैचाका अध्यक्ष कुमार मिजार, उपाध्यक्ष धनराज रसाइली दलित महिला जनप्रतिनिधि प्रमीला बि.क लगायतले कोणसभामा सम्बोधन गरेका थिए ।

वक्ताहरूले पश्चिम रुकुम घट्नाको सत्य तथ्य छानबिन गरी दोषीलाई हतसम्मको कारबाही गर्न माग राखेका छन् । पीडितलाई न्याय तथा मृतकलाई सांस्कृतिक सहिद घोषणा गर्नु पर्ने, पिडकलाई उन्मुक्ति दिलाउन खोज्नेलाई अपराधी सरह सजाय दिनु पर्ने पनि माग राखेका छन् । साथै कोणसभाको अन्त्य पछि सुन्दरहरैचा नगरप्रमुख मार्फत नेपाल सरकारलाई समितिको तर्फबाट ज्ञापन पत्र हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्