बेलबारीको होल्डिंग एरियामा ५ जना राखिए


बेलबारी, १५ जेठ । मोरङको बेलबारी नगरपालिकाको होल्डिंग एरियामा ५ जनालाई राखिएको छ । भारतका विभिन्न स्थानमा बसिरहेका नगर बासीहरूलाई नगरपालिकाले होल्डिंग एरियामा राखेको हो ।

आएकाहरूको स्वास्थ्य परीक्षण गरेर राखिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताएका छन् । होल्डिंग एरियामा बसेकाहरूलाई १४ दिन सम्म राखेर उनीहरूको स्वास्थ्य चेक जाँच गरेर मात्रै घर पठाइने प्रमुख सुबेदीले जनाएका छन् ।

नगरपालिकाले १ सय बेड क्षमताको होलडिङ एरिया धिरनाथ श्याम्फुल विश्वास माध्यमिक विद्यालयमा बनाएको छ । उक्त एरियामा बसेकाहरूलाई वाईफाईको व्यवस्थापन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्