इटहरी एकता युवा क्लबद्वारा बालबालिकालाई राहत सामग्री वितरण


मोरङ, १५ जेठ । एकता युवा क्लब इटहरीले निस्साहय बालबालिका सेवा आश्रमलाई २० हजार बराबरको राहत सामग्री वितरण गरेको छ । समाजप्रति उत्तरदायित्व वहन गर्दै १३ औँ गणतन्त्र दिवसको अवसरमा वितरण गरेको हो ।

क्लबका अध्यक्ष विष्णु जङ्ग क्षेत्रीका अनुसार कोरोना भाइरसका कारण विश्वमा फैलिएको महामारीले निस्साहय बालबालिकालाई सहयोग पुगोस् भनेर सो आश्रमलाई सेवा भावनाले समाजप्रति उत्तरदायित्व बहन गर्दै वितरण गरेको जनाएको छ ।

सो क्लबका अध्यक्ष क क्षेत्रीको नेतृत्वमा निस्साहय बालबालिका सेवा आश्रमका अध्यक्ष गीता गौतमलाई सो राहत सामग्री वितरण गरेको हो । अध्यक्षलाई खाद्यान्न तथा दैनिक उपभोग्य समान तथा स्टेशनरी समान वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्