सुन्दरहरैचा नगरपालिकाले निरन्तर नागरिक घर ल्याउँदै : दोस्रो पटक १०८ जना फर्किए


एलएन गच्छेदार – मोरङ, १५ जेठ । सुन्दरहरैंचा नगरपालिकाले काठमाडौँमा लामो समय देखि लकडाउनमा फसेको १ सय ८ जना आफ्ना नगरवासीलाई घर फिर्ता ल्याएको छ ।

नगरपालिकाले बुधवार दोस्रो चरणमा काठमाडौँमा २ महिना सम्म लकडाउनमा फसेका नगरवासीलाई २ वटा बसमा फिर्ता ल्याएका हो । यस अघि ४५ जनालाई ल्याएका थिए । फर्किएकाहरूलाई सुन्दरहरैचाको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ ।

अस्थायी रूपमा काठमाडौँमा बसोबास गर्दै आएका नगरक्षेत्रका नगरवासीलाई लकडाउनका कारण समस्यामा पर्न थालेको तर्फ मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले आफ्ना नगरवासीहरुलाई पुन घर फिर्ता ल्याउने कार्य सुरु गरेको नगरपालिकाले जनाएको छ । सरकारले लकडाउन कडाइ गरे पछि नागरिक फर्काउन केही समय लागेको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालले बताएका छन् ।

फर्किएका नगरवासीलाई स्वागत तथा भेटघाट गर्न पुगेका नगरप्रमुख ढकालले काठमाडौँमा भएका मात्र नभएर अन्य जुनै ठाउँमा पनि समस्यामा परेका घर आउनेलाई नगरपालिकाले फर्काउन प्रयास गरिरहेको जनाएका छन् ।

फर्किएका नगरवासीले पनि नगरपालिकालाई धन्यवाद प्रकट गरेका छन् । मौसम परिवर्तनका कारण बाटोमा सामान्य समस्या भएको थियो भने २ वटा बसमा अथक प्रयासका साथ नगरले गाडीमा खाने कुराको व्यवस्था सहित सहज रूपमा घर फर्काउने काम भएको छ ।

नगरले पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि खाजा समेत खुवाएर होम क्वारेनटाइनमा बस्न सुझाव दिएका छन् भने यता शिक्षण अस्पतालका आकस्मिक शाखाका मेडिकल अधिकृत डा. प्रवीण लुइँटेलले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्