हरैंचामा कोरोनाको जोखिम न्यूनीकरण र रोकथाम गर्न युवाहरूको सामाजिक अभियान


एलएन गच्छदार, १३ जेठ । मोरङको सुन्दरहरैंचाका युवाहरूले हरैंचा बजारमा कोरोना संक्रमण जोखिम न्यूनीकरण र रोकथाम गर्न सामाजिक अभियान चलाएर सचेतना फैलाउने कार्य गरिरहेका छन् । स्थानीय तह र स्थानीय प्रशासनलाई सहजीकरण गर्न समन्वय भूमिका निर्वाह गरेको उनीहरूको भनाई छ ।

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका दक्षिण ग्रामथान गाउँपालिका छ । कोरोना भाइरस जोखिम बढेसँगै गत शनिवार देखि हरैंचाका युवाहरू सचेतना अभियानमा लागेका छन् । नगरले दैनिक उपभोग्य समान खरिद गर्नको लागि बिहान १० : ०० बजे देखि दिउँसो २ : ०० बजे खोल्ने निर्णय गरेसँगै बजारमा अन्य पालिका लगायत स्थानीय व्यक्तिको भिडभाड र आवतजावत न्यूनीकरण गर्न हरैंचा बजारको ५ वटा नाकामा युवाहरूले हात धुने, सेनिटाइजर प्रयोग गर्ने र मास्क नलगाएका मास्क लगाउन सुझाव दिँदै मास्क समेत वितरण गरिरहेका छन् ।

अहिले जनता कोरोनाले त्रसित भएको अवस्थामा स्वास्थ्यसँग सम्बन्धित युवाको समेत साथ रहेको देखिन्छ । युनिट क्लब गठित संस्थाका निकेश खड्काको नेतृत्व युवा परिचालन गरी बिहान देखि यो अभियानमा लागेका छन् । यी युवाहरूले गरेको काम प्रशंसा योग्य छन् भने यसमा नागरिक पनि सचेत हुन जरुरी छ । स्थानीय सरोकारवाल भन्छन् । यो सामाजिक कार्यको सुरुवात भएसँगै स्थानीय निकाय, इलाका प्रहरी कार्यालयलाई समेत सहयोग पुगेको छ ।

यो अभियानले जनतामा केही चेतना वृद्धि त हुने नै छन् । देशमै कोरोनाको संक्रमण बढी रहेको अवस्थामा आफूहरू पनि सजग हुनु पर्ने उतिकै जरुरी छ । समन्वयात्मकता भूमिका हामी सबैले सहयोग गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्