बेलबारी नगरपालिकाद्वारा वाड नं. ४ मा २० वटा घरको निर्माण कार्य सुरु


बेलबारी, १२ जेठ । मोरङको बेलबारी नगरपालिकाले गरिब तथा असहाय परिवारहरूका लागि वडा नम्बर ४ मा २० वटा घरको निर्माण कार्य सुरु गरेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यकारमा नगरपालिकाले घरको निर्माण सुरु गरेको हो ।

सोमवार वडा नम्बर ४ मा बन्ने घरहरूको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले शिलान्यास गरेका छन् । गरिब, असहाय, एकल दलित तथा पिछडा वर्गहरूलाई नगरपालिकाले निःशुल्क घर निर्माण गर्दी रहेको प्रमुख सुवेदीले बताए । नगरपालिकाले यसै आर्थिक वर्षमा १ सय वटा घर बनाई सक्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्