लकडाउनमा घर फर्कनेलाई राख्न बेलबारीमा होल्डिङ एरिया बनाउने


बेलबारी, १० जेठ : मोरङको बेलबारी नगरपालिकाले २४ घण्टा भित्रमा होल्डिङ एरिया बनाउने भएको छ । विभिन्न देशमा कर्मथलो भई लकडाउनको समयमा आफ्ना घरमा आएका नगरवासीहरूलाई राख्नका लागि नगरपालिकाले होल्डिङ एरिया बनाउने भएको हो ।

१० नम्बर वडामा रहेको धिरनाथ श्याम्फुल विद्यालयमा नगरपालिकाले २४ घण्टा भित्रमा होल्डिङ एरिया बनाई सकिने नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । होल्डिङ एरियामा बसेकाहरूलाई १४ दिन सम्म राखेर उनीहरूको स्वास्थ्य चेकजाच गरेर मात्रै घर पठाइने समेत संयोजक तथा नगर प्रमुख सुवेदीले बताए ।

यस्तै शनिवार बसेको कोरोना संक्रमण रोकथाम नगर समन्वय समिति बेलबारीको बैठकले होल्डिङ एरिया क्षेत्र व्यवस्थापन गर्नका लागि १० नम्बर वडा अध्यक्ष गङ्गा बहादुर याक्खाको संयोजक्तोमा एक उपसमिति गठन गरेको छ भने नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माको संयोजक्तामा होल्डिङ एरिया सामाग्री व्यवस्थापन समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्