मन्त्री र गाउँपालिका अध्यक्षको वाडमै बनेन क्वारेनटाइन : स्थानीय त्रसित


ग्रमथान, १० जेठ । ग्रामथान गाउँपालिकामा अहिले सम्म क्वारेनटाइन बनाउन सकेको छैन । क्वारेनटाइन निर्माणको लागि स्थानीय आग्रह गरिरहेका छन् भने त्रसित पनि छन् ।

गाउँपालिकाले क्वारेनटाइन निर्माण गर्न समय लगाए पछि वडामा नै तयार गर्ने निर्णय गरेको वाड नं. ४ का अध्यक्ष वैजनाथ विश्वासले बताएका छन् । तर त्यसमा पनि वडाका स्थानीयबिच बनाउने तर कहाँ बनाउने भन्नेमा मतान्तर भएको छ ।

वडाले दुई स्थानमा बनाउने निर्णय गरेको अध्यक्ष विश्वासले जनाए । श्री महेन्द्र मा.वि, ग्रामथान ४, लोहासुर र श्री लोहोन्द्रा आधारभूत विद्यालयमा बनाउने तयारी रहेको अध्यक्ष विश्वासले बताए । तर स्थानीयले भने दुई मतमा बाँडिएका छन् । केहीले निर्माण गर्न पूर्ण समर्थन जनाएका छन् भने केहीले क्वारेनटाइन छेउ भए असुरक्षित हुन्छौ भन्ने त्रास रहेको बताउँछन् ।

ग्रामथान ४ मा प्रदेश १ उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय विजय विश्वास र गाउँपालिका अध्यक्ष शिव नारायण माझी दुवैको घर रहेको छ । यस कारण पनि स्थानीय देवनारायण धामी मन्त्री र गाउँपालिका अध्यक्षको घर भएको स्थानमा महेन्द्र मा.वि हुँदा हुँदै किन लोहोन्द्र अ.बिमा क्वारेनटाइन बनाउने भन्ने मत रहेको छ ।

सितादेवी सरदार भने दुवै विद्यालयमानै क्वारेनटाइन तयार गर्नु पर्छ भन्ने मत रहेको छ । केहीको क्वारेनटाइन छेउमा हुने भो उक्त स्थानमा नबनाउनु भन्नेहरू पनि रहेका छन् । धामी र सरदारको मत जस्तै अन्यको पनि फरक फरक मत रहेको छ । यस कारण वडाले बनाउने भनी निर्णय गरेको क्वारेनटाइन पनि निर्माण कार्यमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्