बेलबारीको लालभित्तीमा, सहारा मार्ग र प्रगति मार्गमा प्रवेश निषेध


बेलबारी, १० जेठ । बेलबारीको वाड नं. २ स्थित लालभित्ती, सहारा मार्ग र प्रगति मार्गमा सूर्योदय सामाजिक संस्थाले प्रवेश निषेध गरेको छ । प्रवेश निषेध शुक्रवार देखी लागु गरेको हो ।

कोभिड १९ बाट अरूले हैन आफैले मात्र आफूलाई बचाउन सकिन्छ भन्ने निष्कर्ष सहित दुवै मार्गमा प्रवेश निषेध गरेको संस्थाले जनाएको छ ।

संस्थाले आफू र आफ्ना नानीहरूलाई हरेक घण्टामा हात धुने र धुवाउने नियम लागु गरेको छ भने अनावश्यक भिडभाड र खेलकुदलाई रोक्न ३१ सदस्यीय महिला निगरानी समूह र ३१ सदस्यीय युवा निगरानी समूह निर्माण गरेको संस्थाका सल्लाहकार छ जे वी थुलुङले बताएका छन् ।

व्यवसाय तथा रोजगारी गर्ने स्थानीयलाई मास्क, पन्जा र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने नियम पनि लागु गरेको राईले जनाएका छन् । शुक्रवार सामाजिक दुरी कायम गर्दै स्थानीयको भेलामा संस्थाका अध्यक्ष पूर्ण माझीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय लागु गरेको राईले बताए ।

यो बेलबारी नगरपालिकाको लागिनै एक उदाहरणीय कार्य बनेको छ । नेपाल कोरोनाको उच्च जोखिममा रहेको कारण पनि स्वयम आफैले सावधानी अपनाउनु आवश्यक छ । मोरङमा नै कोरोना संक्रमित ४ जना भेटिएको पुष्टि भइसकेको बेला यो कार्य बेलबारी नगरपालिकाको सबै वडामा नै लागु भए स्थानीय सुरक्षा हुने थिए ।

प्रतिक्रिया दिनुहोस्