बेलबारीमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शव भेटियो


बेलबारी, १० जेठ । मोरङको बेलबारी वाड नं. ३ स्थित अमना सिसैली सामुदायिक बन भित्र एक पुरुषको रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको छ । बेलबारी वाड नं. ४ का विर बहादुर गुरुङको रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको हो।

जङ्गलमा निगुरो टिप्न गएका महिलाहरूले झुन्डिएको अवस्थामा शव देखेको स्थानीयले जनाएका छन् । देख्नेले इलाका प्रहरी कार्यालय बेलबारीलाई खबर गरे पछि अहिले घट्न स्थलमा पुगेका छन् । विर बहादुर गुरुङ करिब ५८ वर्ष उमेरका हुन ।

झुन्डिएको अवस्था भेटिएको शवको शरीरमा निलोमा रातो र कालो गोलो धर्के हाफ टिसर्ट, हाफ पेन्ट लगाएको र निलो चपल भेटिएको छ । कालो रङ्गको साइकल पनि त्यही झुन्डिएको सालको सानो रुखमा अडेस लागेर राखिएको अवस्थामा भेटिएको छ ।

उक्त शवलाई दिउसो १ बजेको निगुरो टिप्न गएका महिलाहरूले देखेको स्थानीय रामबहादुर राईले बताए । निगुरो टिप्न गएका महिलाहरूले अत्तालिँदै झुन्डिएको अवस्था शव देखेको खबर दिएको राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्