काठमाडौँ, १० जेठ । विश्वभर कोरोना भाइस (कोभिड १९) बाट ३ लाख ३९ हजार ९९२ को जनाले ज्यान गुमाइसकेको छ । संक्रमित सङ्ख्या ५३ लाख ३ हजार ३९३ पुगिसकेको छ ।
विश्वभरका देशहरूले कोरोनाबाट जोगिन उच्च सावधानी अपनाइ रहेता पनि संक्रमित र मृत्यु सङ्ख्या नियन्त्रण हुनै सकेको छैन । झन् दिनप्रतिदिन वृद्धि भएर गएको छ ।
वाल्र्डओमिटरको तथ्याङ्क अनुसार अमेरिकामा कोभिड १९ बाट ९८ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ भने १६ लाख ४५ हजार ९४ जना संक्रमित छन् ।
ब्राजिलको अवस्था पनि गम्भीर बन्दै गएको छ । ब्राजिलमा ३ लाख ३२ हजार ३८२ जना संक्रमित सङ्ख्या पुगेको छ । २१ हजार ११६ जनाले ज्यान गुमाइ सकेको छ ।
युके, इटाली, स्पेन र फ्रान्सको अवस्था गम्भीर रहेको छ । यी ४ देशमा २८ हजार भन्दा कोरोनाबाट मानिसको मृत्यु भइसकेको छ । अहिले सम्म युकेमा २ लाख ५४ हजार १९५ जना संक्रमित छन् भने ३६ हजार ३९३ को मृत्यु भइसकेको छ ।
इटालीमा संक्रमित सङ्ख्या २ लाख २८ हजार ६५८ पुगेको छ भने ३२ हजार ६१६ जनाको मृत्यु भइसकेको छ । स्पेनमा २ लाख ८१ हजार ९०४ जना संक्रमित र २८ हजार ६२८ जनाको मृत्यु भइसकेको छ ।
फ्रान्समा कोरोनाबाट २८ हजार २८९ जनाले ज्यान गुमाएका छन् भने हालसम्म १ लाख ८२ हजार २१९ जना संक्रमित छन् । नेपालको छिमेकी देश भारत पनि उच्च जोखिमै छ । भारतमा १ लाख २४ हजार ७९४ जना संक्रमित भइसकेका छन् भने ३ हजार ७२६ जनाको मृत्यु भएको छ ।