बेलबारीमा गरिब तथा असहायको घर निर्माण सुरु


बेलबारी, ९ जेठ / बेलबारी नगरपालिकाले गरिब तथा असहाय परिवारहरूको लागि वडा नम्बर ३ मा ४० वटा घर निर्माण कार्य सुरु गरेको छ । सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यकारमा नगरपालिकाले घर निर्माण कार्य सुरु गरेको हो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले वडा नम्बर ३ मा शुक्रवार शिलान्यास गरेर घर निर्माण कार्यको औपचारिक थालनी गरेका छन् । गरिब, असहाय, एकल दलित तथा पिछडा वर्गहरूलाई नगरपालिकाले निःशुल्क घर निर्माण गर्दी रहेको सुवेदीले बताएका छन् ।

रु.३ लाखको लगानीमा घर निर्माण हुँदै छ । नगरपालिकाको १ लाख ५० हजार सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख र स्थानीयको श्रमदान ५० हजारमा घर बन्ने सहारा नेपालका इन्जिनियर अनिल घिमिरेले बताएका छन् ।

यसअघि बेलबारी ११ मा ४० वटा घरको निर्माण कार्य सुरु भइसकेको छ । लकडाउनको समयमा समेत निर्माण कार्य निरन्तर रहेको छ । घर बन्न थालेपछि वर्षै देखी समस्यामा परेका परिवारहरू समेत खुसी भएका छन् ।

नगरपालिकाले यसै आर्थिक वर्षमा १ सय वटा घर बनाई सक्ने घोषणा गरेको छ । वाड नं. ४ मा २० वटा घर चाडै निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्