एलएन गच्छदार – सुन्दरहरैचा, ८ जेठ । कोरोना संक्रमणको जोखिमसँगै सुन्दरहरैंचामा जोखिम पत्रकारिता गर्ने पत्रकारको उद्योग वाणिज्य सङ्घ सुन्दरदुलारीले बिमाको लागि आर्थिक सहयोग गरेको छ । मोरङ सुन्दरहरैंचा नगरपालिका कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारलाई सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले एक वर्षे लघु बिमाको लागि आर्थिक सहयोग गरेको हो ।
बुधवार वाणिज्य सङ्घका अध्यक्ष किशोर कार्कीले कोभिड १९ जोखिम पत्रकारिता समितिका संयोजक शिव भट्टराईलाई चेक हस्तान्तरण गरेका छन् । नगरप्रमुख शिवप्रसाद ढकालको उपस्थितिमा चेक हस्तान्तरण गरिएको छ । कोरोना भाइरसको महामारीमा अग्र पंतिमा रहेर समाचार सप्रेशण गर्ने केही पत्रकारलाई सङ्केत संक्रमण देखिएको र पत्रकारको मनोबल उच्च बनाउन यो बिमा कार्यक्रम गरिएको अध्यक्ष कार्कीले जनाएका छन् ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख ढकालले सञ्चार क्षेत्रले सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । नगरमा कोरोना संक्रमित भेटिएको भनी केही अनावश्यक हल्ला चलेता पनि सत्य नभएको बताएका छन् । उनले भने, ‘नगरमा हालसम्म कुनै पनि संक्रमिति व्यक्ति छैन ।’ प्रमुख ढकालले पत्रकारले अनावश्यक हल्लाको पछि नलाग्न धारण व्यक्त गरेका थिए ।
पछिल्ला समय नेपालमा पनि पत्रकार संक्रमीत भएका छन् । एभरेष्ट इन्सोरेन्स कम्पनी विराटचोकका प्रमुख सन्तोष पाण्डेले यो लघु बिमा भएको र एक वर्षे हुने बताउँदै बिमा गरिएका पत्रकारमा संक्रमण देखा परे एकलाख दिइने जनाएका छन् । कार्यक्रममा वडाध्यक्ष जीवन प्रसाद ढुंगाना, राजेन्द्र बहादुर थापा, जीवन राई, प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईँ लगायतको उपस्थिति रहेको थियो ।