बेलबारीमा प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिता हुने


बेलबारी / मोरङको बेलबारीमा प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्मृति युवा फुटबल क्लब, बेलबारीको आयोजनामा यही असोज ६ गते देखी वाड ३ स्थित बेलबारी फुटबल क्लबको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।

शनिवार देखी सुरु हुने प्रतियोगितामा बेलबारी, सुन्दरहरैचा र लेटाङ नगरपालिकाका ८ वटा फुटबल टिम सहभागी हुने क्लबका अध्यक्ष इन्द्र राईले जनाएका छन् । कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीद्वारा हुने अध्यक्ष राईले बताए ।

प्रतियोगिताको विजेताले नगत पुरस्कार रु. ३० हजार ५०० र उपविजेताले रु.१५ हजार ५०० प्राप्त गर्ने छ । उद्घाटन खेल सगरमाथा युथ क्लब, सुन्दरहरैचा र बेतना युनाईटेट क्लब, बेलबारी बिच हुने प्रतियोगिताका संयोजक नरबहादुर राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्