बेलबारी नगरपालिकाद्वारा फलफूलका बिरुवा वितरण : कृषकलाई व्यावसायिक बनाउने उद्देश्य


उत्तम पोख्रेल – बेलबारी । बेलबारी नगरपालिकाले कृषकहरूका व्यावसायिक खेतिमा प्रोत्साहन गर्ने उद्देश्यका साथ मेवा, केरा, सजिउन तथा कागतीका बिरुवा वितरण सुरु गरेको छ ।

कृषकहरूलाई व्यावसायिक बनाउने उद्देश्यका साथ नगरपालिकाले निःशुल्क बिरुवा वितरण गर्न सुरु गरेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । एक वडा एक उत्पादनमा जोड दिएर नगरपालिकाले कृषकहरूलागि टिस्यु कल्चर प्रविधिबाट उत्पादन भएका बिरुवा वितरण गर्न सुरु गरेको हो ।

टिस्यु कल्चर प्रविधिबाट उत्पादन भएका बिरुवाहरू उत्पादन राम्रो दिने तथा लामो समय सम्म टिक्ने नगरपालिकाका कृषि शाखाका प्रमुख विनोद दाहालले बताए । नगरपालिकाले कृषकहरूलाई ४ हजार ६ सय मेवा, ८ हजार केराका बिरुवा यस्तै वडा नम्बर ३ ले २५ सय सजिउन् , ३ हजार कागती बिरुवा वितरणको तयारी थालेको छ । वडा नम्बर २ ले भने १ हजार १ सय कागतीका बिरुवा वितरण गर्ने जनाएको छ ।

उक्त बिरुवाले १३ बिघा भन्दा बढी श्रेत्रफलमा खेती गर्न सकिने नगरपालिकाका कृषि शाखाका कर्मचारीहरूले बताएका छन् ।

https://youtu.be/t7wkr-93owo

प्रतिक्रिया दिनुहोस्