रियल हिरोइन मनीषा कोइरालाको एक ट्विटले भारतमा हंगामा


बेलबारी, ८ जेठ / नेपालले लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतमा हंगामा मच्चिएको छ । भारतीय मिडियाले नेपाललाई चिनले प्रयोग गरी रहेको आरोप समेत लगाई रहेको छ । चर्चित अभिनेत्री मनीषा कोइरालाको विरुद्ध पनि भारतीय मिडिया खनिएको छ ।

मङ्गलवार जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

भारतद्वारा अतिक्रमित भूमि, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने मङ्गलवारको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले, सोही विषयमा ट्विटरमा ट्विट गरे थिए ।

ज्ञवालीले, “लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू-भाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय । आधिकारिक नक्सा । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दै छ ।” भनी ट्विट गरेका थिए ।

ज्ञवालीको सोही ट्विटलाई मनीषा कोइरालाले रिट्विट गर्दै लेखिन, “हाम्रो सानो राष्ट्रको गरिमा राख्नु भएकोमा धन्यवाद । हामी सबै अब तीनै महान् राष्ट्रहरू बिच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछौँ।”

यही ट्विटलाई भने भारतीय मिडियाले गलत प्रचार गर्दै मनीषामाथि खनिएको छ । भारतका केही मूलधारका मानिने मिडियाले उनलाई भारतको ‘नुन खाने, चीनको गीत गाउने’ सम्म भनेको छ । सामाजिक सञ्जालमा यस बेला मनिषलाई नेपालीहरूले साहसी गोर्खालीको छोरीको नाममा सम्मान र समर्थन जनाइ रहेका छन् भने भारतीयहरूले तीव्र आलोचना गरिरहेका छन् ।

बलिउडमा सौदागर, दिल से, अग्नि साक्षी, मन, अ लभ स्टोरी १९४२, अकेले अकेले तुम खामोसी, लगायतको सुपरहिट फिल्मका चर्चित हिरोइन मनीषाको भारतका केही मिडियाहरूले आलोचना गरे पनि विश्वभरका निपालीहरुको नजरमा भने उनी अहिले नेपालको रियल हिरोइन, साहसी नेपाली चेली भएकी छिन ।

प्रतिक्रिया दिनुहोस्