सुन्दरहरैचाको महेन्द्र मा.विमा धमाधम ब्लक बिछ्याउने काम हुँदै


बेलबारी, मोरङ/ लकडाउनले गर्दा शैक्षिकसंस्थाहरु बन्द रहे पनि सुन्दहरैचा –११ मा रहेको महेन्द्र मा.वि शुक्रबारेको विद्यालयको हाताभित्र भने अहिले धमाधम ब्लक विछ्यानउे काम भइरहेको छ ।

प्रदेश सांसद राजकुमार ओझामार्फत प्राप्त भएको १५ लाखको लागतमा विद्यालय हाता भित्र ब्लक बिछ्याउने काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष .जीवनाथ ढकाल बताउँछन् ।

समितिका अध्यक्ष ढकालले यो काम यसअघि नै निर्माण सम्पन्न हुने लक्ष लिएता पनि लकडाउनले गर्दा केही दिन काम रोकिए पनि लकडाउन केही खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर काम नियमित भइरहेको बताउँछन् ।

प्रदेश सांसद राजकुमार ओझाले, लकडाउनका कारण विद्यालय बिदा भएको वेलामा सामाजिक दुरी कायम गरेर काम गरिरहेकोमा सन्तुष्टि व्यक्त गरे । धुलोबाट वाक्क भएका स्थानीयहरूले भने ब्लक बिछ्याइसके पछि विद्यालयको स्वरूप नै बदलिनेमा ढुक्क छन् ।

https://youtu.be/1Ub7SGKjuRY

प्रतिक्रिया दिनुहोस्