भाउन्ने युथ क्लबद्वारा २० परिवारलाई राहत वितरण : राहत प्राप्त गर्ने परिवार १०० पुग्यो


बेलबारी, ३ जेठ। भाउन्ने युथ क्लबको अगुवाइमा ज्याला मजदुरी गर्ने बेलबारी वडा नं. १० का २० परिवारलाई राहत वितरण गरिएको छ । योसँगै क्लबद्वारा राहत प्राप्त गर्ने परिवार सङ्ख्या १०० पुगेको छ ।

राहतको लागि खाद्यान्न सामाग्री खरिद गर्ने स्थानीय प्रेम गुरुङले आर्थिक सहयोग गरेका हुन । गुरुङ हास्य टेलीसिरियल “अलिकति हुन्छ नि” का निर्देशक पनि हुन ।
लकडाउनमा ज्याला मजदुरी गर्ने स्थानीय कोही पनि भोको नरहुन् भन्ने उद्देश्यले गुरुङले “अलिकति हुन्छ नि” टिमको तर्फबाट सुटिङ खर्चको रकम सहयोग गरेको राहत वितरण कार्यक्रमका संयोजक अमिर मगरले जनाएका छन् ।

क्लबले राहत वितरण कार्यक्रमलाई निरन्तर दिइरहेको छ । यसअघि पनि क्लबले ८० परिवारलाई राहत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्