विश्वभर कोरोनाबाट २ लाख ८७ हजार ३३२ को मृत्यु : ४२ लाख ५५ हजार ९५४ संक्रमित


काठमाडौं, ३० बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट २ लाख ८७ हजार ३३२ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमित सङ्ख्या ४२ लाख ५५ हजार ९५४ जना पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या क्रमिक रूपमा घट्दै गइरहेको छ । कोरोनाको जोखिमबाट जोगिन लकडाउनको साथै विभिन्न सुरक्षित उपायहरू विश्वका सबै देशहरूले अपनाइ रहेको छ । यस कारण पनि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढीको ज्यान गएको छ । संक्रमित सङ्ख्या पनि क्रमिक रूपमा घट्दै गएको छ । वल्र्डओमिटरको तथ्याङ्क अनुसार अहिले सम्म १५ लाख २७ हजार ४९६ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्