सप्तरी, २९ बैशाख । सप्तरी डाक्नेश्वरीका १८ वर्षीय एक पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिए ।
नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ ।आज (सोमबार) विहान मात्र कपिलवस्तुका १० जनामा एकैपल्ट कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ३३ जना निको भएका छन्। जसमा ३ जना पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।
उनी सप्तरी, डाक्नेश्वरी नगरपालिका– ३ निवासी १८ वर्षीय पुरुष भएको र हालसम्म प्राप्त उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।
डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहका अनुसार २० दिन अघि युवक चितवनबाट सप्तरी पुगेका हुन्। १८ वर्षीय ती युवक १४ जनाको टोलीसहित चितवनबाट ट्रकमा सप्तरी पुगेको वडा नम्बर ३ का अध्यक्ष प्रदीप कुमार साहले बताए । उनका अनुसार संक्रमित युवक १४ जनाको टोलीसहित सप्तरी आएका थिए।