मन्त्री कार्कीद्वारा रमितेको साधारणसभाकाे उद्घाटन


बेलबारी, मोरङ/ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले रमिते सामुदायिक वन उपभोक्ता समूह बेलबारीको तेस्रा साधारण सभाको आज एक कार्यक्रमबिच उद्घाटन गरेका छन् ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेको सामुदायिक वनको सभाहलमा सम्पन्न साधारणसभामा प्रदेशसभा सांसद राजकुमार अाेझा, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, जिल्ला वन कार्यालयका प्रमुख डा. विनोद देवकोटा, बागदेवी सामुदायिक वनका अध्यक्ष फडिन्द्र थापा, सेक्टर वन कार्यालय सलकपुर प्रमुख र इलाका वन कार्यालय प्रमुख रुद्र लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभालाई उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकार सिकारु अवस्थामा भएकोले अहिले सिक्ने नै क्रममा भएको बताए । साथै मन्त्री कार्कीले देशको विकास वजेटकाे अभावले नभएर योजना र ईच्छाकाे अभावले भएको पनि बताए । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जिल्लाकै उत्कृष्ट सामुदायिक वनको रूपमा छनोट भएकोमा शुभकामना दिँदै नगरपालिका रमिते पर्यटकीय क्षेत्रको विकासमा कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे । प्रदेशसभा सदस्य राजकुमार अाेझाले सामुदायिक वनका केही खराब प्रवृत्ति भएका व्यक्तिका कारण राम्रो काम गर्ने माथि पनि आक्षेप लाग्ने गरेको तर सबै लाए एउटै तराजुमा राखेर हेर्न नहुने बताए । सो अवसरमा बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्र थापा र रमिते सावउसका सल्लाहकार एवम् कविर माविका प्रअ दुर्गा गाैतम द्वयले सामाजिक विकास शीर्षकको रकमको खर्च हुनु पर्ने कुरामा जोड दिएका थिए ।

उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर राईले आ. व. २०७५/७५काे वार्षिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष नरहरि भण्डारी र लेखा तथा सुपरिवेक्षण प्रतिवेदन संयोजक खगेन्द्रप्रसाद अाेझाले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्