घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


चितवन, २८ वैशाख । घरायसी विवादमा चितवनमा शनिवार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

चितवन खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीय श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ । अघिकारीका दुई पत्नी छन् । हत्या गरिएकी मञ्जु कान्छी हुन् । घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्