सुन्दरहरैंचामा खुल्ला रक्तदान सम्पन्न : ५३ पिंट रगत सङ्कलन


बेलबारी, २६ बैशाख । साझा पार्टीनिकट “गझिया साझा युवा सङ्गठन” को आयोजनामा सुन्दरहरैंचामा आज वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

गछिया चोकमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५३ पिंट रगत सङ्कलन भएको गछिया साझा युवा सङ्गठनका सदस्य दीपक फुएलले बताएका छन् ।

लकडाउनका कारणले उत्पन्न भएको रगतको अभावलाई थोरै भए पनि न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको अायाेना गरिएको सङ्गठनका अध्यक्ष काशिनाथ सिग्देल बताउँछन् ।

लकडाउनलाई असर नगर्नेगरि सामाजिक दुरी कायम गरेर नै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रमको प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्