कर्णेलको कारले ठक्कर दिँदा मोटरसाइकल सवार बेलबारीको एक युवकको मृत्यु


बेलबारी, २६ बैशाख ।  नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले हाँकेको कारले मासु बोकेको मोटरसाइकल सवार बेलकारीको एक युवकको मृत्यु भएको छ ।

काठमाडौंको कलंकी नजिकै  रविभवनमा आज(शुक्रबार) बिहान बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई बा २१ च ४३४६ नम्बरको कारले ठक्कर दिँदा मोरङ बेलवारी घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा कलंकीस्थित नेपाल नेसनल अस्पतालमा मृत्यु भएको हो ।

कार चालक कलंकी निवासी ३९ वर्षीय शिखर जबरा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रहेको प्रहरीले जानकारी दिएको छ । उनी सैनिक मुख्यालमा कार्यरत कर्णेल हुन् । उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कर्णेल जबरा काठमाडौंको स्युचाटार निवासी हुन् । उनी कलंकीबाट कालिमाटीतर्फ आइरहेका थिए भने मासु बोकेको मोटरसाइकल कालिमाटीबाट कलंकीतर्फ गइरहेका थिए ।

मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए । उनी कुखुराको मासु बोकेर कलंकीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्