तासको खालबाट १० जना पक्राउ


विजय धिमाल – पथरी, २५ वैशाख / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ बाट लकडाउनको यो समयमा पनि तासको खालबाट १० जना पक्राउ परेको छ ।
खलबाट माधव कोइराला, मदन गुरागाई, राजेन्द्र बस्नेत, रोशन बुढाथोकी, प्रदीप फुयल, कुमार श्रेष्ठ, कमन सुन्दास, सुगम सुन्दास कुमार बिक, सूर्य गुरुङ पक्राउ परेको हो।

पक्राउ पर्ने व्यक्तिहरू पथरीशनिश्चरे नगरपालिका १ बजारका हुन भने सूर्य गुरुङ झापा दमकको रहेका छन् । जुवा खेल्दै गरेको सूचना आएपछि प्रहरी पुग्दा पथरीको परशु गुरुङको घरबाट उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताए ।

तासको खालबाट तीन बुङ तास र १६ हजार नगद बरामद भएको डिएसपी गिरीले जानकारी दिए । घट्नाबारे जिल्ला र १ नम्बर प्रदेश प्रहरी कार्यालयमा जानकारी गराएको गिरीले बताए ।

प्रहरी नियन्त्रणमा परेका माधव कोइराला सुनचाँदी व्यवसायी सङ्घ पथरीको अध्यक्ष, रोशन बुढाथोकी लाइन्स क्लब पथरीको पूर्व अध्यक्ष, राजेन्द्र बस्नेत पथरी जेसीजको पूर्व अध्यक्ष हुन । मदन गुरागाई, प्रदीप फुयल, कुमार श्रेष्ठ लगायत ब्याबसायी हुन ।

प्रतिक्रिया दिनुहोस्