जिज्ञासु फाउन्डेसनको “सुत्केरी राहत तथा उपहार कार्यक्रम” सुरु


सुन्दरहरैचा, २४ वैशाख / जिज्ञासु फाउन्डेसनले आज देखी “सुत्केरी राहत तथा उपहार कार्यक्रम” सुरु गरेको छ । सुन्दरहरैँचा १० बाघझोडा झाँगड टोल र त्रिवेणी चौक एकता बस्तीबाट फाउन्डेसनले कार्यक्रमको सुरुवात गरेको हो ।

बुधवार “सुत्केरी राहत तथा उपहार कार्यक्रम” अन्तर्गत सुन्दरहरैँचा १० बाघझोडा झाँगड टोल र त्रिवेणी चौक एकता बस्ती मोरङमा जम्मा तिनजनालाई पोसिलो खाना, मास्क तथा साबुन वितरण गरिएको छ ।

अस्ट्रेलिया निवासी रश्मि कट्टेल र आमा इन्दिरा कट्टेलको आर्थिक सहयोगमा फाउन्डेसनको पहिलो कार्यक्रमको सुरुवात गरेको अध्यक्ष धर्मेन्द्र केसीले बताएका छन् ।
विराट एकेडेमी बिराटचौकले सवारी साधनको व्यवस्थापन र ५० थान मास्क राजेन्द्र प्रसाद ढकालद्वारा सहयोग भएको अध्यक्ष कसीले जनाएको छ । भीम अधिकारी, विक्रम साम्पाङ युजिन आचार्य लगायतको सहयोगमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ अध्यक्ष केसीले सबैलाई धन्यवाद प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्