बेलबारी जेसिजको रक्तदान कार्यक्रम सम्पन्न : २ सय ७ प्रिन्ट रगत संकलन


बेलबारी, २१ वैशाख । बेलबारी जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार बेलबारी वाड नं. ३ मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा २ सय ७ प्रिन्ट रगत संकलन भएको छ । विराटनगर रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पहिलो रक्तदान पत्रकार नरेन्द्र बस्नेतले गरेका थिए । बस्नेतका अनुसार उनले रक्तदान गरेको योसँगै ५४ पटक भएको छ ।

नागरिकको सुरक्षामा लकडाउनमा खटिए सुरक्षाकर्मीहरुले पनि रक्तदान गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल लक्ष्मीमार्गबाट पनि रक्तदानका लागि प्रहरीहरू कार्यक्रममा सहभागी थिए । स्थानीयको साथै छिमेकी नगरपालिका तथा गाउँपालिकाबाट पनि रक्तदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

लकडाउनमा उत्पन्न भएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले बताएका छन् । कार्यक्रम बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कोरोना भाइरसले विश्वनै आक्रान्त भएको बेला नगरवासीलाई सावधानी अपनाउन र सेल्फ क्वारेन्टाइनमा सुरक्षित रहन प्रमुख सुवेदीले आग्रह गरेका छन् ।

https://youtu.be/jE6uEaVHIyQ

प्रतिक्रिया दिनुहोस्