बेलबारी जेसीजले वृहत् रक्तदान कार्यक्रम गर्ने


बेलबारी, १९ वैशाख / बेलबारी जेसीजले लकडाउनमा पनि आइतबार वृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाले कोरोना भाइरसका कारणले उत्पन्न रक्त अभाव न्यूनीकरणको लागि रक्तदान कार्यक्रम गर्न लागेको हो ।

बेलबारी जेसीजका अध्यक्ष राजेश खत्रीले लकडाउनमा उत्पन्न भएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले वैशाख २१ गते बेलबारी वाड नं. ३ स्थित सेन्चुरी बैङ्क अगाडी बिहान ७ बजे देखी रक्तदान कार्यक्रम गर्ने जनाएका छन् ।

सामाजिक दुरी कायम गरेर नै सावधानी पूर्वक कार्यक्रम गर्ने अध्यक्ष खत्रीले बताएका छन् । हाल भइरहेको रगतको अभावलाई न्यूनीकरण गर्न, रक्तदान कार्यक्रममा रक्तदान गर्ने इच्छुक सबैलाई सहभागी हुन अध्यक्ष खत्रीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्