२४ घण्टामा पाकिस्तानमा ८७४ नयाँ कोरोना संक्रमित


काठमाडौँ, १८ वैशाख । कोरोना भाइरस (कोभिड–१९)बाट पाकिस्तानमा पछिल्लो २४ घण्टामा आठ सय ७४ नयाँ संक्रमित फेला परेको छ । यो अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको हो ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै पाकिस्तानमा अहिलेसम्म संक्रमितको सङ्ख्या १५ हजार सात सय ५९ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन सय ४६ पुगेको छ भने निको हुने चार हजार ५२ जना पुगेको छ ।

कोरोनाको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नियन्त्रणका लागि पाकिस्तानमा मे ९ सम्म लकडाउनको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्