विद्युतीय अपराधको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ


काठमाडौँ, १८ वैशाख । साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । पाठकलाई प्रहरीले झापामा पक्राउ गरेको हो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौच गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको साइबर ब्युरो स्रोतबाट जानकारी भएको छ ।
पाठकको पक्राउ बारे केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी नीरज शाहीले पुष्टि भएको छन् ।

#स्रोत_अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्