सुन्दरहरैंचाका नगर प्रमुख ढकाललाई मातृशाेक


मणिराम दाहाल – सुन्दरहरैंचा , १५ बैसाख । नेपाली काँग्रेस मोरङका सह सचिव तथा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाललाई मातृशाेक परेको छ ।

ढकालकी आमा इन्द्रकुमारीको सोमबार बिहान ३:२५ बजे आफ्नै निवासमा निधन भएको हो । केही समय अघि देखि बिरामी पर्नु भएकी उहाँ ७८ वर्षकी हुनुहुन्थ्यो । उहाँका श्रीमान् तथा चार छोरा र तीन छोरी रहेका छन् । नगर प्रमुख ढकाल इन्द्रकुमारीका माइला छोरा हुन् ।

सुनसरीको इटहरी स्थित वुढीगंगा मुत्तिघाटमा सोमबार बिहान उहाँको अन्त्येष्टि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्