काठमाडौँबाट १२० जनालाई कानेपोखरी गाउँपालिकाले घर ल्याए


कानेपोखरी, १४ वैशाख । काठमाडौँमा लकडाउनमा लामो समयदेखि बिचल्लीमा परेका १२० जनालाई मोरङ कानेपोखरी गाउँपालिकाले घर ल्याएका छन् । चन्द्र फुयल(बद्रि), रोहित भट्टराई र गोपाल कोइरालाको सहयोगमा र वडा नं. ५ का अध्यक्ष चरण गुरुङ साथै स्थानीय भोला अधिकारीको पहलमा आइतबार आफ्नो नागरिकलाई कानेपोखरी पालिकाले घर ल्याएका हुन ।

बिहान वडा नं. ७ को अस्थायी प्रहरी चौकी अगाडीको मैदानमा आफ्नो क्षेत्रका जनतालाई पालिकाका उपाध्यक्ष राजमती इङनाम, वडाध्यक्षहरू चरण गुरुङ, खड्ग बस्नेत र मोहन प्रसाद अधिकारीले स्वागत गरेका थिए । सात वटा हाईएस(मिनी बस) बाट घर फर्किन चाहने नागरिकलाई ल्याएका हुन् । काठमाडौँबाट आएको सात वटै हाईएस(मिनी बस)लाई समेत सेनिटाइज गरिएको थियो । बिहान कानेपोखरी आइपुगेका सबैलाई स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डरी लगायतको स्वास्थ्य टोलीद्वारा ज्वरो पनि नापिएको थियो ।

उनीहरूलाई सामाजिक दुरी कायम गर्दै गाउँपालिकाले सेनिटाइजसर लगाइ दिर्दै पानी, फ्रुटी र बिस्कुट वितरण गरिएको थियो । स्वागत तथा व्यवस्थापनमा लायन्स अफ कानेपोखरीका अध्यक्ष कुमार फुयल र सचिव गणेश सुवेदीले सहयोग गरेका थिए । कानेपोखरी गाउँपालिका आएका सम्पूर्ण नागरिकलाई होम क्वारेन्टाइनमा आजैदेखि बस्न स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले आग्रह गरेका थिए । काठ्माडौबाट घर आएका १२० जना नै होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घरदेखि बाहिर निस्किए वा हिँडडुल गरेमा पक्राउ गरी टाँडीको क्वारेन्टाइनमा लगिने उपाध्यक्ष इङ्नामले बताइन् ।

प्रतिक्रिया दिनुहोस्