लकडाउनमा परेका ३ सय १५ जनालाई काठमाडौँबाट बेलबारी नगरपालिकाले घर ल्याए


उत्तम पोखरेल – बेलबारी, १४ वैशाख / मोरङको बेलबारी नगरपालिकाले एक महिना भन्दा लामो लकडाउनमा परेकाहरूलाई काठमाडौँबाट तीन सय भन्दा बढी नागरिकलाई उद्धार गरेको छ । अस्थायी रूपमा काठमाडौँमा बसेका ३ सय १५ जनालाई घरमा ल्याएको हो ।

५ वटा बसमा उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट निःशुल्क बेलबारी नगरपालिका ल्याइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
उपप्रमुख ढाका कुमारी पराजुलीले बेलबारी फर्किएका सबैले १४ दिन सम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने बताएकी छन् ।

नगरपालिकाले विद्यार्थी, मजदुर तथा विभिन्न बाहिरी जिल्लाबाट आएका नागरिकलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइन बस्न आग्रह पनि गरेका छन् ।
नगरपालिकाले उद्धार गरिएका यात्रुहरूको ज्वार नापेर मात्रै घरमा पुर्‍याएको छ । उनीहरूलाई काठमान्डौ देखिनै घर सम्म गाडीमै पठाइएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।

अहिले आउनेको अवस्था सामान्य देखिएको छ । उनीहरूलाई ज्वरो नापेर स्वास्थ्य अवस्था बुझ्नको साथै स्वास्थ्यकर्मीको निगरानीमा राखिने नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उद्धार गरिएका नगरबासीहरूले लकडाउनको समयमा घर आउने वातावरण मिलाई दिने नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् ।

यसै गरी बेलबारी नगरपालिकाले ९४ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट तथा १३ जनाको पिसिआरको माध्यमबाट परीक्षण गरिसकेको छ । विभिन्न देशबाट आएकाहरूको परीक्षण गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । परीक्षण गरिएका सबैको रिर्पाेट समेत नेगेटिभ आएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

https://youtu.be/2RfaxViHqpA

प्रतिक्रिया दिनुहोस्