डाँगिहाट युथ क्लबद्वारा रु.५१ हजार सहयोग


बेलबारी, १२ वैशाख / बेलबारी नगरपालिकाको विपद् व्यवस्थापन कोषका लागि डाँगिहाट युथ क्लब, बेलबारीले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

शुक्रवार कल्बका अध्यक्ष विक्रम राई, उपाध्यक्ष सुदीर राई, सचिव ज्ञानु राज राई तथा सह सचिव शम्भु बस्नेत लगायतका पदाधिकारीहरूले नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई नगद ५१ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन ।

यस विषम परिस्थितिमा बेलबारीका ज्याला मजदुरी गर्ने परिवार कोही पनि भोको नरहुन भनेर आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष विक्रम राईले बताएका छन् ।

बेलबारीका प्रताप थापा र डाक्टर प्रभाव थापाले पनि १२ सय ५० किलो चामल, १ सय किलो दाहाल, एक सय किलो नुन र एकस डल्ला साबुन नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

मातातिर्थ औशीको अवसरमा द्धोय थापाले हस्तान्तरण गरेका हुन । आमा र हजुरआमा सरस्वतीदेवी थापाको नाममा उनीहरूले ज्याला मजदुरी गर्ने परिवारलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्