अमर बानियाँ लोहोरो – गान्तोक सिक्किम, भारत / पहिला-पहिला कतिले क्रोना, करना, करोना र कतिले त करुणा भनेको पनि सुनियो, पछि पेपरहरू र रेडियो, टेलिभिजनले एकतारै सचेत, सतर्क र सुरक्षित रहनुलाई यसरी शिक्षित गर्दैगर्दा त अचेलहुँदी विश्वलाई नै त्राहीमाम बनाउदै महामारी फैल्याइरहेको कोरोना-(द्रुत घातक विषाणु)-को वैज्ञानिक नाम Covid-19 अथवा Noble-corona-virus रहेछ भन्ने साथसाथै मानव अस्तित्वकै निम्ति क्रमशः चुनौती र प्रश्नहरू जन्माउदै लाने मृत्युकै नामहरू पो रहेछन् ।
शायद समग्र सचेतकै मनमा समूल मानव-समाज, भौतिक श्रोत, अन्ततः शैली, नव दर्शन, दृष्टि आदि र सोंच इत्यादिबारे प्रखर सम्भावनाका त्रस्त हुरी चले हुनन्…यस्तो अनुमानको केन्द्र मेरै मनको आभासित अनुभव हो ! ममा उठेका त्यस्ता चिन्ता एवम् चिंतनका क्रमहरू अझैपनि छपक्क थामिएका छैनन् । अवश्य अरु मानिसहरुका मन-मनमा पनि यस्तै सम्भावनाका हुण्डरीहरू उठिरहेकै होलान्… फेरि दोह्रयाउँदछु यो केवल मैमा घटेको अनुभवमात्र हो।
भनिहालुँ म भारतको एक सामान्य नागरिक हूँ, अथवा यस सिक्किम भूमिको एक गौरवान्वित पुत्र हूँ । यता हाम्रो हिमाली वा हरियाली राज्य सिक्किममा सरकारी शक्ति र तन्त्र-संयन्त्रहरुको कौशलता अनि उस्तै यहाँका धर्मभीरू र न्यायपालक, अनुशासित जनमानसका कारणले हालसम्म एकै जना पनि कोरोनाको रोगी नभएको हर्षप्रद कुरा सरकारी अनि गैरसरकारी मिडियाहरु मार्फत पाइरहकै छौँ अँ यति हो कि हाम्रो राष्ट्र भारतका केही ठाउँहरुमा धर्मद्रोही र राष्ट्र-विरोधीहरुका देखिँदा अमानवीय गतिविधिहरूले चाहिँ मन अशान्त भैरहेछ थप दु:ख चिन्ता बढिरहेको छ ।
हो, यस ‘शब्दाश्रम’-भित्र मलाई ती भुक्तभोगी पीड़ितहरुलाई जस्तो शारीरिक पीड़ा कष्ट भएको त छैन तथापि अघि भनिएझैं विश्वकै वर्तमान परिदृश्य र स्वदेशका तिनै दृश्यित समाचारले गर्दाखेरी मानसिक रूपमा भने आहतित छु । यतिखेर मनका छालहरू यसरी उठिरहेका छन् कि यस्तो भयावहः समयमा सम्पूर्ण मानवले मानव कर्तब्य र मानव धर्मकै पालन गर्नुपर्ने र राष्ट्रिय निर्देशनको पालना गर्नुपर्ने हो ।
सक्नेले यथासम्भव सहयोग…कुनै हविगत नभएकाले पनि आफ्आफ्ना आध्यात्मिक आस्थामा रहेरै प्रार्थनासम्म त गर्नैपर्ने हो । यहाँ मैले सरकार र सही मिडियाहरुका समाचार सुनेँ, केही नगरे तापनि त्यसरी मनमनै अदृश्य, (सकारात्मक) शक्तिलाई प्रार्थना कामना गरेँ, भनूँ यस धरतीका मान्छेले आफ्नो कथाकथित प्रगतिमा जान (अन्जानमा गरेका यावत् गल्तीप्रति) क्षमा याचना गरेँ माफि मागेँ ।
यसको रहल कड़ी केही पछि जोड़नेछु । अहिलेसम्मकै कहालीलाग्दो परिस्थिति अतः प्रारम्भतिरैको कुरो गरिहालौँ एक दिन अर्थात २१ मार्च, माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी द्वारा सारा भारतवासीलाई अपील/आह्वान हुँदछ २२ मार्चको बेलुकी ठीक ५:०० बजी आ-आफ्नो घरको दैलो वा त खिड़कीछेऊ उभिएर कोरोनाका प्रकोपमा परेकाहरुलाई उपचार गर्न बँचाउनमा आफ्नो ज्यानलाई जोखिममा हालेर अथक अहोरात्र खटिरहेका डक्टर्स, नर्सेस् , टेक्निसियनस् र सफाई- कर्मचारीहरू आदिलाई मनोवैज्ञानिक तौरमा शक्ति प्रदान वा त्यसरी खट्नेहरुका खातिर ५ मिनटस् ताली, थाली बजाएर सम्मान जनाऊँ भन्ने धेयय हो जसलाई सारा भारतवासीले खुलेरै सफल पारेका थिए । अब आफू घरको ज्येष्ठ ब्यक्ति भइएको हुनाले त्यसरी मैले पनि गम्भीरतापूर्वक पालन गर्दा आफ्नै हृदयलाई राहत पुगेको महसुस भयो ।
फेरि लगत्तै २३, मार्च-मा दोस्रो घोषणा गर्नु भए अनुसार २४, मार्चदेखि १४,अप्रिल रातिसम्म २१- दिने जनता कर्फ्यू शुरु हुँदछ…तर यसैबीच ५,अप्रिलको रात्री ठीक ९ :०० बजी आफ्नो घरको बिजुलिका स्वीचहरू अफ् गरेर ९ मिनटस्सम्म कुनै पनि दियोहरू, टर्चलाइट, मोबाइलको Flush light, बालेर सुरक्षाको नियमपूर्वक कोरोना विरुद्धको ज्ञानचेतना र शक्तिको प्रतीकात्मक प्रकाश एकसाथ दर्साउने !
नभन्दै आफू घरको ज्येष्ठ ब्यक्ति भइएको हुनाले उक्त ५, अप्रिलको राति गम्भीरतापूर्वक परिवारलाई एकत्रित गरि माटाका ९-वटा पाला एउटा टेबलमा तैयारी गराइवरी सही समयमा सल्काएर मेरी पत्नी, छोराहरू साथै बुहारीहरू, अनि छोरी र नाता-नातिनी सबैलाई वरिपरि उभ्याएर दीप प्रज्वलित गरि हात जोड़ेर परिवारले बुझ्नेगरी प्रकृति/भगवान/वा मेरो आस्था शाश्वत् अदृश्य-शक्ति समक्ष गहिरो प्रार्थनापूर्बक प्रस्टै बर्बराएँ !अघि माथिको रहल कड़ीलाई यहाँ जोड़ें…र अझ भने यस धरातलमा हुर्किएर दिवङ्गत भएका अथवा जीवितै रहेका मान्छेहरुबाट अहिलेसम्मकै सृष्टिकालमा कुनै भूल पाप अपराध हुनगएको छ भने पनि कमसेकम अझै एकपटकलाई क्षमा दिनुहोस् ! माफि दिनुहोस् !
र त्यसरी अप्राकृतिक किसिमले मृत्युवरण गरेका वा गरिरहेकाहरुको आत्मालाई चिरशान्ति दिनुहोस् उनीहरुको आस्था वा इच्छा अनुसारको जीवन वा लोक दिनुहोस् र उनीहरुका सारा सन्तानहरुलाई यस्तो विधान बमोजिमको वज्रघात सहने मनोबल प्रदान गर्नुहोस् !अन्ततः सम्पूर्ण मान्छे र प्राणी आदिलाई नव दृष्टि दिँदै वास्तविक मानवको ज्ञान-चेत दिँदै सत् सत् पुकारा छ क्षमा दिनुहोस् । यस्तै-यस्तै भावाभिब्यक्ति सहित ती प्रज्वलित पालादीपहरू बार्दलीमा लहरै राखेर एकैसाथ तीनपटक लामो ॐ ॐ ॐ ध्वनि गुञ्जायमान गरायौं मेरो भित्री चाहना ९ पटकको थियो तर………
हाम्रो गाउँको वारिपारि सबैतिरबाट आइरहेको होहल्ला सुन्दा र थोरै-थोरै भएपनि बत्तिका तँतिहरू
देख्दा दिपावलीको सुखद् क्षणहरू भान गराइरहेको थियो यद्यपि विश्वसमक्षको वस्तुस्थिति भने अति नै विपरीत…!
यो पङ्क्तिकारले माथिनै दर्शाएर अनुसार हाम्रो राज्य सिक्किम यसैपनि साँच्चै शान्त र सुन्दर…
यति हो कि कुनै-कुनै बर्खे याममा भल-पैह्रो वा त्यसै प्राकृतिक आपदाहरू आइलाग्दा अन्त छिमेकी राज्य बङ्गालतर्फको सिमाना भएरै भित्रिने राष्ट्रिय राजमार्ग (10-NH) राजनीतिक कारणवश: कथङ्काल अवरुद्ध हुँदाभने पूरै प्रभावित पार्दछ! किनभने यो पूर्वोत्तर सिक्किम एक भूपरिवेष्ठित राज्य हो तथापि यस्तो सरुवा महामारीको समयमा सहायक बनेको बुझियो । हो यस धरातलीय सत्यमा कि अरु-अरु राज्यहरुबाट आवतजावत गरिनै परिनेजस्तो यसो भनौँ प्रान्तहरुबीचको Crossings Zone भैदिएन किनकि सिक्किमलाई भुटान, नेपाल, तिब्बत र चाइनाको अन्तरराष्ट्रिय सिमानाहरुले छेकेको छ ।
म पुनः विषयकेन्द्रित हुँदछु त्यसरी घोषित २३,मार्च-देखि २१-दिने Lockdown- को बीसौँ दिन बिहान यानि फेरि एक दिन अघि १३, अप्रिलमै माननीय प्रधानमन्त्री महोदय श्री नरेन्द्र मोदीजीद्वारा राष्ट्रिय आह्वान हुँदछ कि… यस Lockdown-लाई यसरी नै अझ अगाड़ि बढाउनुपर्ने भएको छ । यानीकि ३, मई तक…!
केही अघिदेखिको मेरो पूर्वानुमान पनि त्यस्तै नै थियो जुन अनुमान केहीपछि सही निस्कियो यसोहुँदा मभित्र पनि एउटा ढुक्क लाग्दो प्रतीतिको अनुभूत भयो…यसोस्ले कि सो “कोरोना”-जस्तो तीव्ररुपमा सर्ने रोगले कुनै जात-जातिविशेष धर्मी र भाषीविशेष राज्य र राष्ट्रियता विशेष कहाँ कसलाई पो छुट्याउला र !
सो रोग निरपेक्षताको भयभीत उदाहरण विश्वव्यापि रूपमै फैलिंदो छ । यसो हुँदा आज 18 April, 2020-को दिन म एक मानवको हैसियतले यस पृथ्वीका सम्पूर्ण मानव सन्तानलाई हात जोड़ेर विनम्रतापूर्वक विन्ती गर्दछु कि यस्ता हरेक अभियानलाई-
सबैले सफल तुल्याऊँ
सबैले सार्थक बनाऊँ
अनि आफू सपरिवार बाँचौं
र अरु-अरुलाई पनि बँचाऊँ
शुभम् ।