बेलबारी नगरपालिकाद्वारा सुरक्षा निकायलाई थर्मगन र स्प्रेमेसिन हस्तान्तरण


बेलबारी, ११ वैशाख / बेलबारी नगरपालिकाले दुई वटा सुरक्षा निकायलाई थर्मगन तथा स्प्रेमेसिन हस्तान्तरण गरेको छ ।

मेयर ज्ञानेन्द्र सुवेदीले इलाका प्रहरी कार्यालय बेलबारी र शस्त्र बेश क्याम्प लक्ष्मीमार्गलाई हस्तान्तरण गर्नु भएको छ ।

दिनरात नभनी सुरक्षाकर्मी साथीहरू खटिरहनु भएको छ मेयर सुवेदीले भन्नुभयो उहाँहरूलाई सुरक्षाका लागि प्रदान गरेका हौ ।

नगरपालिकाले गरेको सहयोगले काम गर्न हौसला बढेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्